spot_img

कलैया विद्युत सब-स्टेशन जलमग्न, पानी निकासको प्रयास जारी

spot_img
spot_img

बीरगन्ज,३० असार । अविरल वर्षाका कारण नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रअन्तर्गत बाराको कलैयास्थित सब-स्टेशन जलमग्न भएको छ।

लगातारको वर्षासँगै सब-स्टेशन परिसरमा ठूलो परिमाणमा पानी जमेको वितरण केन्द्रले जनाएको छ। पानीको निकासका लागि दमकल तथा पानी तान्ने मोटर प्रयोग गरी पानी हटाउने कार्य भइरहेको केन्द्रले जानकारी दिएको छ।

प्राधिकरणले सब-स्टेशनको अवस्थालाई निरन्तर निगरानीमा राखिएको र विद्युत सेवा प्रभावित हुन नदिन आवश्यक प्रयास भइरहेको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय