spot_img

राज्य संकटमा, राष्ट्रिय मुद्दामा सबै दल एकजुट हुनुपर्छ : अमरेश सिंह

spot_img
spot_img

काठमाडौं,३० असार । रास्वपा सांसद अमरेशकुमार सिंहले राज्य संकटमा रहेको र जनतामा बढ्दो निराशालाई अन्त्य गर्न संसद्मा रहेका सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राष्ट्रिय मुद्दामा साझा धारणा बनाएर अघि बढ्न सरकार र सबै दललाई आग्रह गरे। राज्य र लोकतन्त्र जोगिए मात्रै राजनीति सम्भव हुने उल्लेख गर्दै उनले संसद्लाई घोचपेचको थलो नबनाउन आग्रह गरे।

सांसद सिंहले देशमा निराशा फैलाउने होइन, आशा जगाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै यसै साता आत्मदाह प्रयासपछि ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली पनि व्यक्त गरे।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय