spot_img

प्रतिपक्ष र मिडियामाथि राज्य संयन्त्र प्रयोग भएको शाहीको दाबी

spot_img
spot_img

काठमाडौं,३० असार । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले राज्य संयन्त्रको दुरुपयोग गर्दै मिडिया र प्रतिपक्षी दललाई लक्षित गतिविधि गरिरहेको आरोप लगाएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले सञ्चारमाध्यमका कार्यालय तथा प्रतिपक्षी नेताका घरअगाडि अवैध रूपमा सवारी पार्किङ गराउने, त्यसका भिडियो सामाजिक सञ्जालमा फैलाउने र ‘अल्गोरिदम’ प्रयोग गरेर जनमत प्रभावित पार्ने प्रयास भइरहेको दाबी गरे। उनले यस्ता गतिविधि भविष्यमा इतिहासमा ‘कालो अक्षरले लेखिने’ टिप्पणी गरे।

शाहीले कर्णालीमा भिरमा अड्किएका नागरिकको समयमै उद्धार हुन नसक्दा भएको मृत्युबारे सरकारसँग जवाफ माग्दा त्यसलाई राजनीतिकरण गरिएको आरोप लागेको पनि उल्लेख गरे। उद्धारको माग गर्नु राजनीतिकरण नभएको जिकिर गर्दै उनले सरकार आफैंले गरिरहेका गतिविधिहरू नै राजनीतिकरणको उदाहरण भएको दाबी गरे।

साथै, उनले विगत र वर्तमान राजनीतिक व्यवहारको तुलना गर्दै सत्ता बाहिर हुँदा र सत्तामा पुगेपछि नेताहरूको व्यवहार फरक हुने प्रवृत्तिको समेत आलोचना गरे।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय