spot_img

निजगढमा मिटरब्याज पीडित र गृहमन्त्रीबीच पहिलो चरणको वार्ता सम्पन्न

spot_img
spot_img

बीरगन्ज,३० असार । मिटरब्याजविरुद्ध जनकपुरबाट काठमाडौंतर्फ पैदल मार्च गरिरहेका पीडितसँग वार्ता गर्न गृहमन्त्री सुधन गुरुङ सोमबार बारा जिल्लाको निजगढ पुगेका छन्। आन्दोलनको छैटौं दिन सरकारको तर्फबाट भएको यो पहिलो औपचारिक संवाद हो।

निजगढ उद्योग वाणिज्य संघको सभाहलमा भएको पहिलो चरणको वार्तामा आन्दोलनरत पक्षले आफ्ना ६ बुँदे माग सरकारसमक्ष प्रस्तुत गरेको जनाएको छ। छलफलमा दुवै पक्षले माग र समाधानका सम्भावित उपायबारे प्रारम्भिक विचार आदानप्रदान गरेका थिए।

वार्तापछि सरकार र आन्दोलनरत पक्ष दुवै दोस्रो चरणको छलफलका लागि आन्तरिक तयारीमा जुटेका छन्। गृहमन्त्री गुरुङले आन्दोलनकारीका मागबारे प्रधानमन्त्रीसँग परामर्श गरेर थप निर्णय प्रक्रियालाई अघि बढाइने बताएका छन्।

मिटरब्याज पीडितहरूले आफ्नो माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने अडान व्यक्त गरेका छन् भने सरकार वार्तामार्फत समाधान खोज्ने प्रयासमा रहेको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय