spot_img

तस्करी आरोपमा सशस्त्रका दुई डीएसपी, एक इन्स्पेक्टरसहित आठ जना छानबिनमा

spot_img
spot_img

काठमाडौँ,३० असार । सशस्त्र प्रहरी बल (एपीएफ) ले तस्करीसँग सम्बन्धित आरोपमा दुई डीएसपी, एक इन्स्पेक्टरसहित आठ जना सुरक्षाकर्मीलाई मुख्यालय हल्चोक तानेर छानबिन सुरु गरेको छ।

छानबिनका लागि तानिनेमा हाल इलाममा कार्यरत डीएसपी लोकनाथ उप्रेती, सीमा सुरक्षा गुल्म हरिपुर (सुनसरी) का डीएसपी शमशेर कार्की तथा बोर्डर आउट पोस्ट (बीओपी) लौकही, सुनसरीका इन्स्पेक्टर नरेन्द्र चन्द रहेका छन्।

यसअघि नं. ३८ रिजर्भ गणका हवल्दार हरि मगर र केशव गुरुङ, नं. २ गण झापाका हवल्दार विश्वास राजवंशी, सशस्त्रको पूर्व क्षेत्रीय अस्पताल सुनसरीका सई गणेश खड्का तथा नं. ४ गण सुनसरीका जवान पारस यादवलाई पनि अनुसन्धानका लागि मुख्यालय बोलाइएको थियो।

स्रोतका अनुसार प्रारम्भिक बयानका क्रममा सई खड्का र अन्य सुरक्षाकर्मीले तस्करीबाट संकलित रकम नियमित रूपमा इन्स्पेक्टर र डीएसपीसम्म पुर्‍याइने गरेको दाबी गरेपछि थप उच्च अधिकृतहरूलाई समेत अनुसन्धानको दायरामा ल्याइएको हो।

सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्कीले केही कर्मचारीलाई अनुसन्धानका लागि मुख्यालय बोलाइएको पुष्टि गरेका छन्। तर, अनुसन्धान प्रभावित हुन सक्ने भन्दै उनले सम्बन्धित व्यक्तिहरूको नाम सार्वजनिक गर्न अस्वीकार गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय