spot_img

सबै विश्वविद्यालयमा अब १० प्रतिशत पूर्ण छात्रवृत्ति अनिवार्य

spot_img
spot_img

काठमाडौं,३० असार । अबदेखि नेपालका सबै विश्वविद्यालय तथा तिनअन्तर्गत सञ्चालित कलेजहरूले कम्तीमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य रूपमा पूर्ण छात्रवृत्ति उपलब्ध गराउनुपर्ने भएको छ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं महानगरपालिकाको विद्यालय तहमा लागू गरिएको छात्रवृत्ति प्रणाली प्रभावकारी देखिएकाले त्यसलाई विश्वविद्यालय तहमा समेत संस्थागत गरिएको जानकारी दिनुभयो।

यस निर्णयअनुसार त्रिभुवन विश्वविद्यालयसहित देशका सातवटै विश्वविद्यालयले संयुक्त रूपमा १० प्रतिशत पूर्ण छात्रवृत्ति सुनिश्चित गर्ने पहल गरेका छन्। आगामी शैक्षिक सत्र २०८३/८४ देखि विश्वविद्यालयबाट स्वीकृत सबै शैक्षिक कार्यक्रममा विद्यार्थी भर्ना गर्दा यो व्यवस्था अनिवार्य रूपमा लागू गर्नुपर्नेछ।

विश्वविद्यालयहरूले सम्बन्धित क्याम्पस तथा कलेजहरूलाई परिपत्र जारी गर्दै छात्रवृत्ति वितरण प्रक्रियालाई पारदर्शी बनाउन निर्देशन दिएका छन्। त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जारी गरेको सूचनाअनुसार प्रत्येक कलेजले प्रदान गरेको छात्रवृत्तिको विवरण आफ्नो आधिकारिक वेबसाइटमा सार्वजनिक गर्नुपर्नेछ।

साथै, उक्त विवरण सम्बन्धित डीनको कार्यालय र त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयमा समेत बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय