spot_img

लामो अन्तरालपछि प्रतिनिधिसभामा प्रधानमन्त्री शाह

spot_img
spot_img

काठमाडौं,३० असार । प्रधानमन्त्री शाह लामो अन्तरालपछि मंगलबार प्रतिनिधिसभाको बैठकमा सहभागी भएका छन्। बिहान ११ बजेदेखि सुरु भएको बैठकमा उनी दिउँसो करिब पौने २ बजे संसद् भवन पुगेका हुन्।

प्रधानमन्त्री शाह यसअघि गत जेठ १७ गते प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका थिए। त्यसबेला सांसदसँगको प्रश्नोत्तरका क्रममा उनले दिएको ‘नेपाल पनि भारतको जमिन मिचेको’ भन्ने अभिव्यक्तिले राजनीतिक विवाद सिर्जना गरेको थियो।

सो अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर विरोध जनाउँदै प्रधानमन्त्रीले संसद्मा उपस्थित भई स्पष्टिकरण दिनुपर्ने माग गर्दै आएका छन्।

विवादपछि उनी संसद्को बैठकमा अनुपस्थित रहँदै आएका थिए।

मंगलबारको बैठकमा प्रधानमन्त्री शाहको उपस्थितिलाई विपक्षीको माग र जारी राजनीतिक बहसका बीच अर्थपूर्ण रूपमा हेरिएको छ।

अब उनी उक्त विवादित अभिव्यक्तिबारे संसद्मा के धारणा राख्छन् भन्ने विषयमा सबैको चासो केन्द्रित भएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय