spot_img

मनसुनजन्य विपद्प्रति सतर्क रहन र सुरक्षित यातायात सुनिश्चित गर्न सभामुखको निर्देशन

spot_img
spot_img

काठमाडौं,३० असार । सभामुख डोलप्रसाद अर्यालले मनसुनका कारण बढ्दो विपद्जन्य जोखिमलाई ध्यानमा राख्दै नागरिकको जिउधनको सुरक्षा र यातायात सेवालाई निर्वाध तथा सुरक्षित बनाउन सरकारलाई निर्देशन दिएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा उनले बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक विपद्का घटनाहरू बढ्न थालेको उल्लेख गर्दै सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी पूर्वतयारी गर्न सरकारको ध्यानाकर्षण गराए।

सभामुख अर्यालले विपद्का बेला राहत, उद्धार तथा उद्धारपछिको व्यवस्थापनलाई चुस्त बनाउन र नागरिकले सास्ती बेहोर्नु नपर्ने गरी सुरक्षित तथा सहज सवारी आवागमनको व्यवस्था मिलाउन सरकारलाई विशेष निर्देशन दिए।

उनले मनसुन अवधिभर विपद् व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखी आवश्यक सबै संयन्त्र परिचालन गर्न सरकारसँग आग्रह गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय