spot_img

४४ जिल्लामा आकस्मिक बाढीको जोखिम

spot_img
spot_img

काठमाडाै,३० असार । जल तथा मौसम विज्ञान विभागले आज देशका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको जनाएको छ। लगातारको वर्षाका कारण विभिन्न स्थानका साना नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको हो।

विभागका अनुसार पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, सङ्खुवासभा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काठमाडौं उपत्यकाका तीन जिल्ला, काभ्रेपलाञ्चोक, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाहीलगायत ३९ जिल्लाका साना नदीमा पानीको बहाव बढ्ने सम्भावना छ। यी क्षेत्रमा आकस्मिक बाढीको जोखिम उच्च रहेको विभागले जनाएको छ।

यस्तै, गोरखा, लमजुङ, नवलपरासी पूर्व तथा पश्चिम, पाल्पा, पर्वत, म्याग्दी, प्युठान, रोल्पा, दाङ, सल्यान, बाँके, बर्दिया, कैलालीलगायत जिल्लामा साना नदीको प्रवाह बढ्न सक्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको बताइएको छ।

चितवन, तनहुँ, कास्की, स्याङ्जा र सुर्खेतसहित आसपासका क्षेत्रमा पनि साना नदीमा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको छ।

बाढीविद् विनोद पराजुलीले बुधबार र बिहीबार सातै प्रदेशका साना नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले नदी किनारका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गर्नुभएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय