spot_img

करार कर्मचारी हटाउने तयारीविरुद्ध अर्थ मन्त्रालयअगाडि धर्ना

spot_img
spot_img

काठमाडौं,३० असार । करार सेवामा कार्यरत कर्मचारी हटाउने सरकारी तयारीको विरोध गर्दै विभिन्न मन्त्रालयका करार कर्मचारीहरूले अर्थ मन्त्रालयको मुख्य प्रवेशद्वार अगाडि धर्ना दिएका छन्।

सरकारले करार कर्मचारीको स्थानमा आउटसोर्सिङमार्फत जनशक्ति व्यवस्थापन गर्ने तयारी गरेको भन्दै १८ वटै मन्त्रालयका करार कर्मचारीहरू मंगलबार सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेका थिए। उनीहरूले प्रस्तावित व्यवस्था लागू भए लामो समयदेखि करार सेवामा कार्यरत हजारौं कर्मचारीको रोजगारी संकटमा पर्ने बताएका छन्।

आन्दोलनरत कर्मचारीहरूले आफूहरूको सेवा निरन्तरताको सुनिश्चितता गर्न र आउटसोर्सिङ प्रणाली लागू गर्ने निर्णय तत्काल रोक्न सरकारसँग माग गरेका छन्।

उनीहरूले करार सेवामा रहेका कर्मचारीको योगदान र अनुभवलाई बेवास्ता नगरी रोजगारी सुरक्षाका लागि आवश्यक निर्णय लिन सरकारलाई आग्रह गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय