spot_img

सरकारको आलोचना गर्दा गोली हान्ने धम्की आएको ऐन महरको दाबी

spot_img
spot_img

काठमाडौं,३० असार ।  नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारको कामको समर्थन र विरोध गुण तथा दोषका आधारमा गर्दा आफूलाई ज्यान मार्ने धम्की आउने गरेको बताएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद महरले आफूहरू जनताबाट निर्वाचित भएर संसद्मा जनताका आवाज उठाउन आएको भन्दै सरकारको विरोध केवल विरोधका लागि नभएको स्पष्ट पारे।

उनले सरकार सही बाटोमा जाओस् भन्ने उद्देश्यले आवश्यकताअनुसार समर्थन र खबरदारी गर्ने गरेको बताए। तर, संसद्मा सरकारको आलोचना गर्दा केही व्यक्तिबाट सामाजिक सञ्जाल र फोनमार्फत धम्की आएको उनको भनाइ छ।

“सरकारको गुण र दोषका आधारमा समर्थन र विरोध गर्छौं। तर, कहिलेकाहीँ सरकारको विरोध गर्दा केही व्यक्तिहरूले त्यसलाई फरक रूपमा लिने गरेका छन्। मलाई फेसबुक र फोनमार्फत गोली हान्ने तथा मार्ने धम्की आइरहेको छ,” महरले संसद्मा भने।

उनले संसद् बैठक चलिरहेकै बेला पनि आफ्नो सामाजिक सञ्जालमा धम्कीपूर्ण टिप्पणी आएको दाबी गरे। केही व्यक्तिले आफ्नो फोन नम्बर र ठेगानासमेत सार्वजनिक गर्दै ज्यान मार्ने धम्की दिएको उनले सभामुखलाई जानकारी गराएका थिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय