spot_img

बेवारिसे गाडी प्रकरणमा निष्पक्ष छानबिन गर्न जनार्दन शर्माको माग

spot_img
spot_img

काठमाडौँ,३० असार । प्रलोपाका संरक्षक तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले प्रमुख सञ्चारमाध्यम र प्रमुख प्रतिपक्षी दलका सभापतिको निवासअगाडि बेवारिसे गाडी पार्किङ गरिएको घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शर्माले असार २९ गते देशका प्रमुख सञ्चारमाध्यमका कार्यालय तथा प्रमुख प्रतिपक्षी दलका सभापतिको निवासअगाडि आवागमन प्रभावित हुने गरी बेवारिसे गाडी राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्।

उनले उक्त घटनामा सत्ता पक्षकै संलग्नता रहेको भन्ने समाचारहरू सार्वजनिक भएको उल्लेख गर्दै यसबारे सत्यतथ्य बाहिर ल्याउन आवश्यक रहेको बताए। नागरिकको सूचनाको हक, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि असर पार्ने तथा प्रतिपक्षी आवाज कमजोर बनाउने उद्देश्यले यस्ता गतिविधि गरिएको भए त्यो गम्भीर विषय भएको शर्माको भनाइ छ।

“यस्तो घटना कुनै पनि अवस्थामा स्वीकार्य हुन सक्दैन,” भन्दै शर्माले तत्काल निष्पक्ष छानबिन गरी दोषी पहिचान गर्न र कानुनअनुसार कारबाही गर्न सरकारसँग माग गरेका छन्।

उनले घटनाको वास्तविकता सार्वजनिक गरेर जनविश्वास कायम गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय