काठमाडौं,३० असार । राष्ट्रपति रामचन्द्र पौडेलले विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक–२०८३ प्रमाणीकरण गरेका छन्।
राष्ट्रपतिको कार्यालयका अनुसार संघीय संसद्बाट पारित भई प्रमाणीकरणका लागि पेस भएका तीनै विधेयकलाई राष्ट्रपति पौडेलले मंगलबार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका हुन्।
प्रमाणीकरणसँगै विनियोजन विधेयक २०८३, राष्ट्र ऋण उठाउने विधेयक २०८३ र आर्थिक विधेयक २०८३ कानुनी रूपमा कार्यान्वयनको प्रक्रियामा अघि बढेका छन्।




