spot_img

पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

spot_img
spot_img

चितवन,३० असार । लगातारको वर्षाका कारण विभिन्न स्थानमा खसेको पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी रूपमा सञ्चालनमा आएको छ।

सोमबार दिउँसोदेखि परेको वर्षाका कारण साँझदेखि सडकका विभिन्न स्थानमा पहिरो खसेर यातायात प्रभावित भएको थियो। रातभरको प्रयासपछि पहिरो हटाइएपछि बिहानदेखि सवारी आवागमन सामान्य बनेको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ।

डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेका अनुसार सडकखण्डका १५ स्थानमा पहिरो खसेको थियो। तीमध्ये भतेरी, खोरखोला, १५ किलो, ११ किलो, १६ किलो, १९ किलो, सेतीदोभान, घुमाउने, सिमलताल, २५ किलो, जलविरे, नाम्सी खोला र तुईन खोलालगायत क्षेत्र प्रभावित भएका थिए।

पहिरो हटाउन रातिदेखि नै दुई वटा लोडरसहितका उपकरण परिचालन गरिएको थियो। राति करिब १ बजेसम्म अधिकांश स्थानमा पहिरो हटाएर सवारी सञ्चालन गर्न सकिने अवस्था बनाइएको भए पनि केही स्थानमा थप पहिरो खस्ने जोखिम रहेकाले बिहानसम्म निगरानी गरिएको थियो।

सडक कार्यालयका अनुसार सेतीदोभान क्षेत्रमा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो भने अन्य केही स्थानमा एकतर्फी रूपमा यातायात प्रभावित भएको थियो।

यसैबीच, स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडकखण्डमा जुनसुकै बेला पहिरो खस्न सक्ने जोखिम रहेको भन्दै विशेषगरी रातिको समयमा अनावश्यक यात्रा नगर्न यात्रु तथा चालकलाई आग्रह गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय