काठमाडौं,३० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले काठमाडौंका विभिन्न सञ्चार प्रतिष्ठानअगाडि सोमबार गरिएको शङ्कास्पद पार्किङलाई अस्वाभाविक घटना भएको बताएका छन्।
मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले उक्त घटनालाई पार्टीले सुरुदेखि नै गलत भनेको उल्लेख गर्दै निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिए। उनले दोषी जोसुकै भए पनि कानुनी कारबाही हुनुपर्ने बताए।
रास्वपाका नेता वा कार्यकर्ता नै घटनामा संलग्न भएको पुष्टि भए उनीहरूमाथि पनि कारबाही हुने स्पष्ट पार्दै उनले यस विषयमा पार्टीको धारणा स्पष्ट रहेको बताए।
लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको भेटवार्तामा सुकुम्बासी समस्या लगायत समसामयिक विषयमा छलफल भएको जानकारी पनि दिए।




