spot_img

विपद् भत्ता, खेलाडी सम्मान र मिटरब्याज प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय

spot_img
spot_img

काठमाडौं,३० असार। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले कृषि, सुरक्षा, खेलकुद, नेपाल वायुसेवा निगम र मिटरब्याज पीडितसँग सम्बन्धित पाँच महत्वपूर्ण निर्णय गरेको छ।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा ‘बिउ विजन (पहिलो संशोधन) नियमावली, २०८१’ स्वीकृत गरेको छ।

विपद् व्यवस्थापनमा खटिने सशस्त्र प्रहरी बलका कर्मचारीको मनोबल बढाउन अबदेखि खोज तथा उद्धार कार्यमा संलग्न सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय पनि गरिएको छ।

यस्तै, अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर देशको गौरव बढाउने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

बैठकले नेपाल वायुसेवा निगमको सञ्चालक समिति अध्यक्षमा महेश्वर भक्त श्रेष्ठलाई नियुक्त गर्दै उनलाई महाप्रबन्धकको जिम्मेवारीसमेत सम्हाल्ने गरी कार्यकारी अध्यक्ष तोकेको छ।

त्यसैगरी, मिटरब्याज (अनुचित लेनदेन) पीडितहरूको समस्या समाधानका लागि गठित आयोगहरूले दिएका प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजान गृह मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय