spot_img

कर्णाली प्रदेशमा सत्ता समीकरण फेरबदलको संकेत, कांग्रेसका सबै मन्त्रीले दिए सामूहिक राजीनामा

spot_img
spot_img

सुर्खेत,३१ असार । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसका तर्फबाट सहभागी सबै मन्त्रीले बुधबार सामूहिक रूपमा राजीनामा दिएका छन्।

मुख्यमन्त्री यामलाल कँडेलसमक्ष कांग्रेसका चारै मन्त्रीले संयुक्त रूपमा राजीनामा बुझाएका हुन्। सामाजिक विकास मन्त्री घनश्याम भण्डारीका अनुसार विकसित राजनीतिक परिस्थितिका साथै पार्टीभित्र भएको आन्तरिक छलफलपछि सामूहिक राजीनामा दिने निर्णय गरिएको हो।

राजीनामा बुझाउने मन्त्रीहरूमा आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढा तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी रहेका छन्।

कांग्रेसका मन्त्रीहरूको सामूहिक राजीनामासँगै कर्णाली प्रदेश सरकारको सत्ता समीकरणमा नयाँ राजनीतिक घटनाक्रम सुरु हुने संकेत देखिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय