spot_img

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

spot_img
spot_img

काठमाडौ,३१ असार । देशभर चालु धान रोपाइँ अभियानअन्तर्गत हालसम्म करिब ५० प्रतिशत रोपाइँ सम्पन्न भएको छ। कृषि विभागका अनुसार यस वर्ष १३ लाख ७० हजार हेक्टर क्षेत्रफलमा धान खेती गर्ने लक्ष्य राखिएकोमा हालसम्म ६ लाख ८२ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको हो।

कृषि विभागका महानिर्देशक राजेन्द्र कोइरालाले गत वर्ष यही अवधिसम्म करिब ६० प्रतिशत रोपाइँ सम्पन्न भएको भए पनि यस वर्ष हालसम्म ५० प्रतिशत मात्रै रोपाइँ भएको जानकारी दिनुभयो।

प्रदेशगत विवरणअनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ८७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। त्यसपछि गण्डकीमा ६५.९ प्रतिशत, कर्णालीमा ६० प्रतिशत, लुम्बिनीमा ५९ प्रतिशत र बागमतीमा ५७.१ प्रतिशत रोपाइँ भएको छ। यता कोशीमा ३२ प्रतिशत र मधेस प्रदेशमा ३२.७ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ।

देशका अधिकांश क्षेत्रमा अहिले नियमित वर्षा भइरहेकाले आगामी एक साताभित्र धान रोपाइँको गति अझ तीव्र हुने कृषि विभागको अपेक्षा छ। बाढी, पहिरो वा अन्य प्राकृतिक विपद्को असर नपरेमा बाँकी क्षेत्रमा पनि रोपाइँ छिट्टै सम्पन्न हुने विभागले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय