काठमाडौं,३१ असार । नेपाली बजारमा बुधबार सुनको मूल्य पुनः बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले वृद्धि भई २ लाख ८४ हजार ८ सय रुपैयाँ कायम भएको हो।
मंगलबार प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार थप वृद्धि भएको महासंघले जनाएको छ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला ४ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ५५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ४ सय १५ रुपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरूको भनाइ छ।




