वीरगन्ज,३१ असार । श्री गहवामाईको रथयात्राका अवसरमा असार ३२ गते बिहीबार वीरगन्ज महानगरपालिका क्षेत्रभित्र सञ्चालित सबै विद्यालयमा पठनपाठन बन्द रहने भएको छ।
रथयात्रालाई व्यवस्थित, सुरक्षित र सहज रूपमा सम्पन्न गराउने उद्देश्यले महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा एक दिनका लागि सार्वजनिक बिदा दिइएको जनाइएको छ।
हरेक वर्ष श्रद्धा र उत्साहका साथ मनाइने गहवामाई रथयात्रामा हजारौँ भक्तजनको सहभागिता रहने भएकाले यातायात व्यवस्थापन तथा सुरक्षा व्यवस्थालाई समेत ध्यानमा राख्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।




