spot_img

रौतहट प्रहरीले एकै दिन समात्यो ९ फरार प्रतिवादी

spot_img
spot_img

रौतहट,३१ असार । जिल्ला प्रहरी कार्यालय रौतहटले सञ्चालन गरेको फरार प्रतिवादी पक्राउ विशेष अभियानअन्तर्गत एकै दिन ९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार विभिन्न मुद्दामा जिल्ला अदालत रौतहटबाट दोषी ठहर भई कैद तथा जरिवानाको फैसला सुनाइएपछि लामो समयदेखि फरार रहेका उनीहरूलाई मंगलबार जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार पक्राउ परेकामध्ये चेक अनादर मुद्दाका प्रतिवादीहरूमा विषुन्द्र साह, विवेक मणि यादव, विकास कुमार, आशनारायण साह र रतेश कुमार मिश्र रहेका छन्।

यस्तै, चोरी तथा डाँका सम्बन्धी मुद्दामा फरार रहेका अन्य प्रतिवादीहरूलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका प्रतिवादीहरूलाई अदालतले तोकेको दुई वर्षसम्मको कैद सजाय तथा २७ हजार रुपैयाँ जरिवाना कार्यान्वयनका लागि मंगलबार नै जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रहरीले फरार प्रतिवादी पक्राउ अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय