spot_img

आजदेखि देशभर ‘फुल’ एलपी ग्यास सिलिण्डर वितरण सुरु

spot_img
spot_img

वीरगन्ज,३१ असार । पछिल्ला केही महिनादेखि आधा (हाफ) भरिएको एलपी ग्यास सिलिण्डर मात्रै पाउँदै आएका उपभोक्ताले अबदेखि पूर्ण (फुल) भरिएको ग्यास सिलिण्डर पाउने भएका छन्।

सरकारले ग्यास आपूर्ति व्यवस्था सहज बनेको जनाउँदै बुधबारदेखि देशभरका ग्यास उद्योग तथा आधिकारिक विक्रेतामार्फत पूर्ण परिमाणको एलपी ग्यास भरिएको सिलिण्डर वितरण सुरु गरिएको जनाएको छ।

आपूर्तिमा देखिएको समस्या र वितरण व्यवस्थापनको चुनौतीका कारण केही समयदेखि बजारमा आधा भरिएका सिलिण्डर वितरण हुँदै आएको थियो। यसले उपभोक्तालाई सास्ती भोग्नुपरेको थियो भने बजारमा व्यापक गुनासोसमेत बढेको थियो।

सम्बन्धित निकायले अबदेखि नियमित रूपमा पूर्ण भरिएका ग्यास सिलिण्डर उपलब्ध गराइने र आपूर्तिलाई निरन्तर सहज बनाइने जनाएको छ।

साथै, कृत्रिम अभाव सिर्जना गर्ने, ग्यास लुकाउने वा कालोबजारी गर्ने व्यक्ति तथा व्यवसायीमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी पनि दिइएको छ।

पूर्ण क्षमताको ग्यास सिलिण्डर पुनः वितरण सुरु भएसँगै लामो समयदेखि अपूर्ण ग्यासका कारण समस्या झेल्दै आएका उपभोक्ताले राहत पाउने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय