spot_img

पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपसभामुख रुवी कुमारी चीन प्रस्थान

spot_img
spot_img

काठमाडौं,३१ असार । उपसभामुख रुवी कुमारी पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जनवादी गणतन्त्र चीन प्रस्थान गरेकी छन्।

उनी चीनको न्याङ्ग्ची (निङ्ची) शहरमा आयोजना हुने पाँचौँ चीन–सिजाङ सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्चमा सहभागी हुन बुधबार बिहान सिचुआन एयरलाइन्सको उडानमार्फत् चीन प्रस्थान गरेकी हुन्।

उपसभामुखसँगै प्रतिनिधिमण्डलमा संघीय संसद् सचिवालयका सचिव डा. रोजनाथ पाण्डे, उपसचिव विमला घिमिरे, उपसचिव नागेन्द्र चौधरी तथा कम्प्युटर प्रोग्रामर अनिशा ढकाल सहभागी छन्।

असार ३१ गतेदेखि साउन १ गतेसम्म सञ्चालन हुने उक्त अन्तर्राष्ट्रिय मञ्चमा उपसभामुख रुवी कुमारीले नेपाली प्रतिनिधिमण्डलको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा उनको सिजाङस्थित लिन्ची शहरमा चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ जुनझेङसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका पनि रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

प्रतिनिधिमण्डल साउन ४ गते नेपाल फर्कने कार्यक्रम रहेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय