spot_img

भारतबाट भन्सार छली गरी ल्याइएका सामग्रीसहित ६२० किलो स्याउ नियन्त्रणमा

spot_img
spot_img

बीरगन्ज,३१ असार । पर्सामा सशस्त्र प्रहरी बलले सञ्चालन गरेको दुई छुट्टाछुट्टै कारबाहीमा भन्सार छली गरी ल्याइएका विभिन्न सामान तथा अवैध रूपमा भारततर्फ निकासी गर्न लागिएको ६२० किलोग्राम स्याउ बरामद गरेको छ।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साअन्तर्गत सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१६ फुलबारी टोलस्थित एक घरमा खानतलासी गरेको थियो। सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको नेतृत्वमा वीरगञ्ज भन्सार कार्यालयका प्रतिनिधिसहित गरिएको संयुक्त खानतलासीका क्रममा ११ वटा कोठाबाट भन्सार छली गरी भारतबाट ल्याइएका २ हजार ८४८ मिटर टेबल पोस, १३ थान रेडिमेड टेबल पोस तथा ३५ प्याकेट एयर कन्डिसनर स्ट्यान्ड बरामद गरिएको हो।

सशस्त्र प्रहरीका अनुसार बरामद सामग्रीको अनुमानित मूल्य करिब ३ लाख ५० हजार रुपैयाँ रहेको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी ती सामग्री वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।

यसैबीच, असार ३० गते राति बीरगन्ज महानगरपालिका–१६ भन्सार टोल क्षेत्रबाट भारततर्फ अवैध रूपमा लैजान लागिएको ३३ कार्टुन अर्थात् ६२० किलोग्राम स्याउ पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सीमा क्षेत्रमा नियमित गस्ती तथा निगरानीका क्रममा गाडी मोबाइल टोलीले उक्त स्याउ बरामद गरेको हो।

बरामद स्याउको अनुमानित मूल्य ६३ हजार ५०० रुपैयाँ रहेको जनाइएको छ। स्याउलाई आवश्यक कारबाहीका लागि असार ३१ गते वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

सशस्त्र प्रहरी बल नं. १३ गण मुख्यालय पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले सीमा क्षेत्रमा हुने भन्सार छली तथा अवैध ओसारपसार नियन्त्रण गर्न निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाइएको बताए। उनले यस्ता गैरकानुनी गतिविधिविरुद्ध नियमित रूपमा अपरेशन सञ्चालन हुने पनि स्पष्ट पारे।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय