spot_img

रौतहटकाे पोखरीमा हाम फालेका भारतीय युवक मृत फेला

spot_img
spot_img

रौतहट,३१ असार । रौतहटको ईशनाथ नगरपालिका–४ ठुलो लचमरीस्थित मठिया माध्यमिक विद्यालयको माछा पोखरीमा हाम फालेर बेपत्ता भएका एक भारतीय युवक मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मंगलबार राति करिब ९ः३० बजे युवक पोखरीमा हाम फालेपछि बेपत्ता भएका थिए। घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी मठिया र सशस्त्र प्रहरी बल औरैयाको संयुक्त टोलीले रातभर खोजी अभियान सञ्चालन गरेको थियो।

बुधबार बिहान पोखरीबाट युवकको शव फेला परेको प्रहरीले जनाएको छ।

मृतक भारतको बिहार राज्य, पूर्वी चम्पारण (मोतिहारी) जिल्ला, ढाका ग्राम पञ्चायत–३० निवासी लाल मोहम्मदका २३ वर्षीय छोरा मोहम्मद वजिर रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमले जानकारी दिए।

प्रहरीले शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय