spot_img

साङ्गठनिक समीक्षा गर्न सिके राउतले बोलाए जनमत पार्टीको आकस्मिक बैठक

spot_img
spot_img

बीरगन्ज,३२ असार । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले पार्टीका जिल्ला कार्यसमितिहरूको साङ्गठनिक अवस्था समीक्षा गर्न आकस्मिक बैठक बोलाएका छन्।

पार्टीका उपाध्यक्ष तथा सङ्गठन विभाग प्रमुख डा. जयकान्त राउतका अनुसार बैठक भर्चुअल माध्यमबाट राति ८ बजेदेखि सुरु हुनेछ। बैठकमा जिल्ला कार्यसमितिहरूको मासिक साङ्गठनिक प्रगति, सक्रियता तथा समसामयिक पार्टी गतिविधिबारे समीक्षा गरिने जनाइएको छ।

बैठकमा सबै पदाधिकारीहरूको अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको पनि पार्टीले जनाएको छ। जनमत पार्टीले संगठन सुदृढीकरण र जिल्ला तहको गतिविधि प्रभावकारी बनाउने उद्देश्यले बैठक आयोजना गरेको बताइएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय