spot_img

अनियन्त्रित माइक्रोबस पल्टिँदा सहचालकको मृत्यु, सात यात्रु घाइते

spot_img
spot_img

रुपन्देही,३२ असार । रुपन्देहीको ओमसतिया गाउँपालिका–२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना यात्रु घाइते भएका छन्।

भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ८९९० नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकमा पल्टिँदा सहचालक बुटवल उपमहानगरपालिका–३ निवासी ३० वर्षीय सन्दीप बराल गम्भीर घाइते भएका थिए। टाउकोमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा भिम अस्पताल, भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा सिद्धार्थनगर–८ निवासी कृष्णकुमारी बेलबासे , श्रद्धा जोशी, कपिलवस्तुको शिवराज–२ निवासी प्रकाश गाहा, पाल्पाको रिब्दीकोट–६ निवासी सुनिल थापा , सिद्धार्थनगर–३ निवासी कुलदीप गुप्ता , मर्चवारी–७ निवासी शाहाबुन निसा र नवलपरासीको सुनवल–६ निवासी हेमीसरा खाम्चा घाइते भएका छन्।

घाइतेमध्ये कृष्णकुमारी बेलबासेलाई थप उपचारका लागि सिटी अस्पताल, भैरहवा र हेमीसरा खाम्चालाई क्रिमसन अस्पताल, मणिग्राम रिफर गरिएको छ। अन्य घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि फरार भएका माइक्रोबस चालक तिलोत्तमा नगरपालिका–६ गणेशपुर निवासी ४६ वर्षीय छबिलाल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय