spot_img

साउन ७ देखि कांग्रेसको ‘नागरिक केन्द्रित’ अभियान सुरु

spot_img
spot_img

काठमाडौं,३२ असार । नेपाली कांग्रेसले साउन ७ गतेदेखि पार्टीलाई नागरिकका मुद्दासँग जोड्ने उद्देश्यका साथ नयाँ ‘नागरिक केन्द्रित’ अभियान सञ्चालन गर्ने भएको छ।

पार्टी सभापति गगन थापाले संशोधित विधानको मर्मअनुसार अभियान सुरु गर्न लागिएको जानकारी दिँदै यसले कांग्रेसलाई केवल निर्वाचनमुखी पार्टीबाट नागरिकका सरोकारमा केन्द्रित दलका रूपमा रूपान्तरण गर्न सहयोग गर्ने बताए।

संशोधित विधानअनुसार प्रत्येक समितिका सदस्यले ५० प्रतिशत समय साङ्गठनिक काममा र ५० प्रतिशत समय सामाजिक कार्यमा लगाउनुपर्ने व्यवस्था गरिएको छ। सोही व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्ने उद्देश्यले नयाँ अभियान अघि बढाइएको कांग्रेसले जनाएको छ।

यस्तै, महामन्त्री प्रदीप पौडेलले ‘जरा अभियान’ सम्पन्न भएपछि अब नागरिक केन्द्रित अभियान सञ्चालन गर्न लागिएको बताए। अभियानको अवधि, कार्यविधि र मोडालिटीबारे भने आन्तरिक छलफल जारी रहेको उनले जानकारी दिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय