spot_img

शुक्रबारदेखि व्यक्तिगत आयकरको नयाँ व्यवस्था लागू, न्यूनतम सीमा १० लाख

spot_img
spot_img

काठमाडौं,३२ असार । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि व्यक्तिगत आयकरसम्बन्धी नयाँ व्यवस्था लागू गर्ने भएको छ। शुक्रबारदेखि लागू हुने व्यवस्थाअनुसार व्यक्तिगत आयकरको न्यूनतम करयोग्य आय सीमा १० लाख रुपैयाँ पुर्‍याइएको छ।

अर्थ मन्त्रालयका अनुसार करदातामाथिको करभार घटाउने उद्देश्यले न्यूनतम सीमा बढाइएको हो। आर्थिक ऐन, २०८३ अनुसार वार्षिक १० लाख रुपैयाँसम्म करयोग्य आय हुने व्यक्तिले अब १ प्रतिशत मात्रै कर तिर्नुपर्नेछ।

नयाँ व्यवस्थाअनुसार १० लाखदेखि १५ लाख रुपैयाँसम्म करयोग्य आय हुनेले १० लाखसम्मको आयमा १० हजार रुपैयाँ र बाँकी रकममा १० प्रतिशत कर तिर्नुपर्नेछ। १५ लाखदेखि २५ लाख रुपैयाँसम्मको आयमा १५ लाखसम्म ६० हजार रुपैयाँ तथा त्यसभन्दा माथिको आयमा २० प्रतिशत कर लाग्नेछ।

त्यस्तै, २५ लाख रुपैयाँभन्दा बढी करयोग्य आय हुनेले २५ लाखसम्म २ लाख ६० हजार रुपैयाँ कर तिर्नुपर्नेछ भने सोभन्दा माथिको आयमा २७ प्रतिशत कर लाग्ने व्यवस्था गरिएको छ। वार्षिक ४० लाख रुपैयाँभन्दा बढी करयोग्य आय हुनेले थप आयमा अतिरिक्त २ प्रतिशत कर पनि तिर्नुपर्नेछ।

यद्यपि, निवृत्तिभरण कोष वा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्ति तथा एकलौटी फर्मका केही करदाताका हकमा भने विशेष व्यवस्था लागू हुने अर्थ मन्त्रालयले जनाएको छ।

यसअघि आयकर ऐन, २०५८ अनुसार एकल व्यक्तिका लागि ५ लाख रुपैयाँसम्म र दम्पतीका लागि ६ लाख रुपैयाँसम्मको वार्षिक आयमा १ प्रतिशत सामाजिक सुरक्षा कर लाग्ने व्यवस्था थियो। नयाँ व्यवस्थासँगै व्यक्तिगत आयकरको सीमा र कर संरचनामा उल्लेखनीय परिवर्तन भएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय