spot_img

घुस प्रकरणमा नेपाल टेलिकमका पूर्व एमडी सुनिल पौडेललाई साढे ८ वर्ष कैद

spot_img
spot_img

काठमाडौं,३२ असार । विशेष अदालतले घुस लिएको आरोपमा नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद सजाय सुनाएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले व्यवसायी दीपक आनन्दसँग घुस मागेको अभियोगमा पौडेललाई आठ वर्ष कैद तोकेको हो। सार्वजनिक पदमा रहेर भ्रष्टाचार गरेको ठहर गर्दै अदालतले थप छ महिनाको कैद सजाय पनि निर्धारण गरेको छ।

यसै प्रकरणमा घुस दिएको आरोप लागेका व्यवसायी दीपक आनन्दलाई पनि आठ वर्ष कैद सजाय सुनाइएको छ।

अदालतले घुसको रकम बरामद नभएको आधारमा विगो भने कायम नगरे पनि घुसको रकम मानिएको ३ करोड ८ लाख रुपैयाँ दामासाहीका आधारमा बाँड्दै दुवैलाई जनही १ करोड ५४ लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय