बीरगन्ज,३२ असार । सर्वोच्च अदालतले नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न आदेश दिएको छ।
बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाइपछि न्यायाधीशद्वय श्रीकान्त पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले कोइरीलाई कारागारबाट रिहा गर्न आदेश जारी गरेको हो।
थमनविक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले कोइरीलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो। उक्त फैसला आएको भोलिपल्टै उनलाई पक्राउ गरी जलेश्वर कारागार पठाइएको थियो।
सर्वोच्च अदालतले गत असार १९ गते जारी गरिएको कैदी पुर्जी कानुनसम्मत नरहेको ठहर गर्दै थुनामुक्त गर्न आदेश दिएको जनाएको छ।




