spot_img

आजदेखि देशभर तीन महिने डेंगु सचेतना अभियान सुरु

spot_img
spot_img

काठमाडौं,०१ साउन । डेंगु संक्रमणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले आजदेखि देशभर तीन महिने डेंगु सचेतना अभियान सुरु गरेको छ। साउन, भदौ र असोज महिनाभर सञ्चालन हुने अभियानमार्फत स्थानीय तहको नेतृत्वमा डेंगु रोकथाम र नियन्त्रणका गतिविधि तीव्र पारिने भएको हो।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै गाउँपालिका तथा नगरपालिकालाई अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशन दिएका छन्। मन्त्रालयले डेंगुबारे जनचेतना अभिवृद्धि गर्न तथा लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गरेको छ।

अभियानमा वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था, सामुदायिक संघसंस्था तथा अन्य सरोकारवाला निकायबीच समन्वय गरी विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। डेंगु फैलाउने लामखुट्टेको नियन्त्रणका लागि समुदायको सक्रिय सहभागितामा खोज तथा नष्ट अभियान पनि चलाइनेछ।

अभियानअन्तर्गत ‘हरेक शुक्रबार, सफा शुक्रबार’ कार्यक्रम नियमित रूपमा सञ्चालन गरिनेछ। यस क्रममा सरकारी कार्यालय, विद्यालय, सार्वजनिक निकाय तथा सामुदायिक संस्थामा लामखुट्टेको प्रजननस्थल खोजी गरी नष्ट गरिनेछ।

त्यसैगरी, स्थानीय तहलाई हरेक हप्ता कम्तीमा एक दिन समुदायसँग मिलेर ‘लामखुट्टेको प्रजनन स्थल खोज तथा नष्ट अभियान’ सञ्चालन गर्न, डेंगु रोकथामका लागि बहुनिकाय समन्वय सुदृढ गर्न तथा अटो वर्कसप, ग्यारेज, कवाडी सामान थन्क्याउने स्थान, निर्माणाधीन भवनलगायत पानी जम्ने सम्भावना भएका क्षेत्रको नियमित अनुगमन गरी पानी जम्न नदिने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ।

सरकारले वर्षायामसँगै डेंगुको जोखिम बढ्ने भएकाले घर, कार्यालय र सार्वजनिक स्थान वरपर पानी जम्न नदिई सरसफाइमा विशेष ध्यान दिन सबै नागरिकलाई समेत आग्रह गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय