spot_img

‘मास्टर्नी’को विवादित गीत हटाउन शिक्षक महासंघको माग

spot_img
spot_img

काठमाडौं,०१ साउन । नेपाल शिक्षक महासंघले चलचित्र ‘मास्टर्नी’ मा समावेश गरिएको प्रमोसनल गीतप्रति आपत्ति जनाउँदै उक्त गीत तत्काल हटाउन माग गरेको छ।

महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै गीतमा प्रयोग भएका केही शब्दले विशेषगरी महिला शिक्षकलाई लक्षित गर्दै अमर्यादित अभिव्यक्ति दिएको र समग्र शिक्षण पेशाको गरिमामाथि प्रहार गरेको जनाएको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा विवादित गीतले शिक्षक समुदायको सम्मानमा आँच पुर्‍याएको उल्लेख गर्दै त्यसलाई चलचित्रमा प्रयोग नगर्न तथा प्रचार–प्रसारबाट तत्काल हटाउन निर्माण पक्षसँग माग गरिएको छ।

महासंघले गीत यथावत् राखिए वा प्रचार–प्रसार जारी राखिए शिक्षक समुदायको विरोध थप चर्किन सक्ने चेतावनी पनि दिएको छ। त्यस्तो अवस्थामा उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी चलचित्रका निर्माता तथा सम्बन्धित कलाकारहरूले नै वहन गर्नुपर्ने महासंघले स्पष्ट पारेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय