spot_img

सांसदलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन संसद् सचिवालयको निर्देशन

spot_img
spot_img

काठमाडौँ,०१ साउन । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सबै सदस्यलाई आर्थिक वर्ष २०८२/०८३ को सम्पत्ति विवरण समयमै बुझाउन आग्रह गरेको छ।

सचिवालयअन्तर्गत सांसद सुविधा व्यवस्थापन शाखाले सूचना जारी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ मा भएको कानुनी व्यवस्थाअनुसार सम्पत्ति विवरण पेस गर्न निर्देशन दिएको हो।

सूचनाअनुसार सांसदहरूले आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र अर्थात् २०८३ साउन १ गतेदेखि भदौ २९ गतेसम्म आफ्नो तथा आफ्नो परिवारको नाममा रहेको चल–अचल सम्पत्तिको अद्यावधिक विवरण बुझाउनुपर्नेछ।

सम्पत्ति विवरणमा सम्पत्तिको स्रोत र त्यससम्बन्धी आवश्यक प्रमाण (निस्सा) समेत समावेश गर्नुपर्ने संसद् सचिवालयले जनाएको छ।

कानुनअनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिले हरेक आर्थिक वर्ष सकिएको ६० दिनभित्र अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ।

तोकिएको समयभित्र विवरण नबुझाउने पदाधिकारीमाथि प्रचलित कानुनबमोजिम कारबाही हुन सक्नेछ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय