spot_img

दरबार हत्याकाण्डबारे फैलिएको कथा सही होइन : एमाले अध्यक्ष ओली

spot_img
spot_img

काठमाडौं,०१ साउन । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्डबारे लामो समयदेखि प्रचार हुँदै आएको विवरण सही नभएको दाबी गरेका छन्।

एमालेको वेबसाइट तथा मोबाइल एपको नयाँ संस्करण सार्वजनिक गर्ने कार्यक्रममा शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बोल्दै ओलीले दरबार हत्याकाण्डबारे एकपक्षीय सूचना र अफवाहले जनमानसमा लामो समय प्रभाव पारेको बताए।

उनले हत्याकाण्डपछि युवराज दीपेन्द्र शाहले तत्कालीन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्या शाहसहित राजपरिवारका सदस्यको हत्या गरी आत्महत्या गरेको भन्ने विवरण विश्वभर फैलिएको भए पनि त्यसलाई पूर्ण सत्य मान्न नसकिने दाबी गरे।

“२० वर्षसम्म एउटा एकपक्षीय सूचनाले राज गर्‍यो। अध्ययनबिना फैलिएका अफवाहले मानिसको सोच प्रभावित बनायो। एउटा कथा बनाइयो र त्यसलाई विश्वभरका सञ्चारमाध्यमले फैलाए। तर त्यो सूचना सही होइन,” ओलीले भने।

उनले दीपेन्द्रले नै आफ्ना बाबुआमाको हत्या गरेको भन्ने भनाइमा प्रश्न उठाउँदै वास्तविक तथ्य अझै फरक हुन सक्ने संकेत गरे।

अध्यक्ष ओलीले पछिल्लो समय समाजमा तथ्यभन्दा हल्ला र गलत सूचनाले छिटो स्थान पाउने प्रवृत्ति बढ्दै गएको पनि बताए। आफूहरूले गरेका कामभन्दा विभिन्न अफवाह र प्रचारले बढी चर्चा पाउने गरेको उनको भनाइ थियो।
“झुटो कुरा छिटो फैलिने र मानिसले सजिलै विश्वास गर्ने अवस्था देखिएको छ। जादु गरेजस्तो तत्कालै काम भएको भन्दै हल्ला फैलाइन्छ,” ओलीले टिप्पणी गरे।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय