spot_img

सीजेपी संस्थापक अभिजीत दीपके अनिश्चितकालीन भोक हडतालमा

spot_img
spot_img

 काठमाडाै,०२ साउन । ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपके अनिश्चितकालीन भोक हडतालमा बसेका छन्। पार्टीले शनिबार बिहान आफ्नो आधिकारिक एक्स (पूर्व ट्विटर) खातामार्फत यसको जानकारी सार्वजनिक गरेको हो।

पार्टीका अनुसार पर्यावरण अभियन्ता सोनम वाङचुकलाई दिल्ली प्रहरीले धर्नास्थलबाट नियन्त्रणमा लिएर अस्पताल पुर्‍याएपछि विरोधस्वरूप दीपकेले अनिश्चितकालीन अनशन सुरु गरेका हुन्।

सीजेपीले आफ्नो विज्ञप्तिमा अभिजीत दीपके अनिश्चितकालीन भोक हडतालमा बसेको उल्लेख गर्दै जुलाई २० का लागि तय गरिएको ‘चलो संसद्’ मार्च पूर्वनिर्धारित कार्यक्रमअनुसार नै सञ्चालन हुने जनाएको छ।

दीपकेले पनि आफ्नो व्यक्तिगत एक्स खातामार्फत आफू अनिश्चितकालीन भोक हडतालमा बसेको पुष्टि गरेका छन्। पार्टीले आन्दोलनका आगामी कार्यक्रमहरू यथावत् रहने जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय