spot_img

बीरगन्ज भन्सारले गत आवमा रु २ खर्ब ४३ अर्बभन्दा बढी राजस्व सङ्कलन

spot_img
spot_img

बीरगन्ज,०२ साउन । बीरगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा रु २ खर्ब ४३ अर्ब ८२ करोड राजस्व सङ्कलन गरेको छ। यो रकम कार्यालयलाई तोकिएको वार्षिक लक्ष्यको ८९.१९ प्रतिशत रहेको कार्यालयले जनाएको छ।

सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आर्थिक वर्षका लागि कार्यालयलाई रु २ खर्ब ७३ अर्ब ३७ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिइएको थियो। लक्ष्यअनुसार पूर्ण उपलब्धि हासिल हुन नसके पनि वीरगञ्ज भन्सारले देशकै प्रमुख राजस्व संकलन गर्ने कार्यालयका रूपमा आफ्नो भूमिका कायम राखेको छ।

भन्सार विभागले आर्थिक वर्ष २०८२/८३ मा देशभरका भन्सार कार्यालयबाट कुल रु ५ खर्ब ८८ अर्ब २५ करोड राजस्व उठाउने लक्ष्य निर्धारण गरेको थियो। विभागको कुल लक्ष्यमा वीरगञ्ज भन्सार कार्यालयको योगदान ४१.४५ प्रतिशत रहेको छ।

मासिक राजस्व विवरणअनुसार साउनमा रु १८ अर्ब ४४ करोड, भदौमा रु २० अर्ब ७४ करोड, असोजमा रु १९ अर्ब ९ करोड, कात्तिकमा रु १७ अर्ब ३३ करोड, मङ्सिरमा रु २० अर्ब ८० करोड, पुसमा रु २० अर्ब २० करोड, माघमा रु १८ अर्ब ९२ करोड, फागुनमा रु १९ अर्ब ३४ करोड, चैतमा रु २२ अर्ब ८२ करोड, वैशाखमा रु २१ अर्ब ७४ करोड, जेठमा रु २२ अर्ब ३२ करोड र असारमा रु २२ अर्ब ४ करोड राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।

बीरगन्ज भन्सार नेपालको सबैभन्दा ठूलो राजस्व सङ्कलन गर्ने भन्सार कार्यालयमध्ये एक मानिन्छ, जसले राष्ट्रिय राजस्व संकलनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय