जनकपुर,०२ साउन । धनुषाको गणेशमान चारनाथ नगरपालिका–३ श्रीरामपुरबाट खैरो हेरोइन र सर्टगनको गोलीसहित एक युवक पक्राउ परेका छन्।
प्रहरीका अनुसार विशेष सूचनाका आधारमा खटिएको टोलीले स्थानीय २० वर्षीय मुकेश दासलाई लागुऔषध र गोलीसहित नियन्त्रणमा लिएको हो।
प्रहरीले दासको घरमा खानतलासी गर्दा लुकाएर राखिएको अवस्थामा सर्टगनको तीन राउण्ड गोली बरामद गरेको जनाएको छ। त्यसैगरी, उनको शरीर खानतलासी गर्ने क्रममा ट्र्याकसुटको पाइन्टको खल्तीबाट ०.११० मिलिग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ।
बरामद सामग्रीसहित पक्राउ परेका दासमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। घटनामा गोली र लागुऔषध कसरी र कुन प्रयोजनका लागि राखिएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




