spot_img

काठमाडौं उपत्यकामा २४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा

spot_img
spot_img

काठमाडौं,०२ साउन । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ५२१ जना सवारीचालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ३० जना, सवारीको यान्त्रिक अवस्था मापदण्डअनुसार नभएका १२ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने २६ जना तथा तीव्र गतिमा सवारी चलाउने ६६ जनामाथि कारबाही गरिएको छ।

त्यसैगरी, मापदण्डअनुसारको अवस्था नभएका सवारी सञ्चालन गर्ने सात जना, निषेधित क्षेत्रमा हर्न बजाउने ३२ जना, सडक तथा फुटपाथमा अवैध पार्किङ गर्ने १९ जना र एकतर्फी सडकमा सवारी चलाउने छ जना पनि कारबाहीमा परेका छन्।

प्रहरीका अनुसार अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ३२३ जना सवारीचालकमाथि पनि कारबाही गरिएको छ।

ट्राफिक प्रहरीले सडक सुरक्षा कायम गर्न र दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले नियमित रूपमा ट्राफिक निगरानी र कारबाहीलाई निरन्तरता दिएको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय