spot_img

बुटवलमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

spot_img
spot_img

काठमाडौं,०२ साउन । बुटवलको राजमार्ग चौराह क्षेत्रमा टिपरको ठक्करबाट एक स्कुटर चालकको ज्यान गएको छ। दुर्घटनामा भैरहवाका ६० वर्षीय ताराचन सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ३००२ नम्बरको टिपरले ट्राफिक प्रहरीकै अगाडि स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनापछि गम्भीर घाइते भएका सुनारलाई तत्काल उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याइएको भए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।

प्रहरीले दुर्घटनामा संलग्न टिपर र त्यसका चालकलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धानका लागि चालकलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ। प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय