spot_img

श्रम शोषणको आरोप लगाउँदै प्रशिक्षार्थी चिकित्सकहरूको प्रदर्शन

spot_img
spot_img

काठमाडौं,०२ साउन । विभिन्न सरकारी तथा निजी अस्पतालमा कार्यरत इन्टर्नसिप चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सकहरूले आफूहरूमाथि श्रम शोषण भइरहेको आरोप लगाउँदै काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्।

‘युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषणविरुद्ध संघर्ष समिति’को नेतृत्वमा भएको प्रदर्शनमा सहभागी चिकित्सकहरूले लामो समयसम्म निरन्तर काम गराइँदा पनि श्रम ऐनअनुसारको सुविधा र विश्राम नपाएको गुनासो गरे।

उनीहरूले नेपालको श्रम ऐन, २०७४ अनुसार प्रशिक्षार्थी तथा आवासीय चिकित्सकको दैनिक कार्यसमय अधिकतम १२ घण्टा र साप्ताहिक ७२ घण्टाभन्दा बढी हुन नहुने व्यवस्था कडाइका साथ लागू गर्न तथा हप्तामा कम्तीमा एक दिन अनिवार्य बिदा सुनिश्चित गर्न माग गरेका छन्।

त्यसैगरी, हप्तामा ४८ घण्टाभन्दा बढी काम गराइएमा श्रम ऐनबमोजिम ओभरटाइम भत्ता उपलब्ध गराइनुपर्ने उनीहरूको अर्को प्रमुख माग हो।

प्रदर्शनकारीहरूले सरकारले बजेटमार्फत घोषणा गरेको तलब वृद्धि तत्काल कार्यान्वयन गर्न, विगतका सहमतिअनुसार आवासीय चिकित्सकलाई अधिकृत आठौँ तह सरहको पारिश्रमिक उपलब्ध गराउन तथा एमबीबीएस र बीडीएसपछि स्नातकोत्तर अध्ययनका लागि राखिएको एक वर्षको अनिवार्य कार्यअनुभवको व्यवस्था खारेज गर्न पनि सरकारसँग माग गरेका छन्।

चिकित्सकहरूले स्वास्थ्य क्षेत्रमा सेवा दिँदै आएका युवा जनशक्तिको श्रम, अधिकार र सम्मानको सुनिश्चितता गर्न सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने बताएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय