spot_img

एक हजार ९ सय रुपैयाँले बढ्यो सुनकाे मूल्य

spot_img
spot_img

बीरगन्ज,०३ साउन । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा एक हजार ९ सय र चाँदी ४० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार सुन प्रतितोला दुई लाख ८४ हजारमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितोला चार हजार २४० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

यस अघि गत शुक्रबार सुन प्रतितोला दुई लाख ८२ हजार एक सय र चाँदी प्रतितोला चार हजार दुई सयमा खरिदबिक्री भएको थियो ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय