spot_img

जलविरेमा ३ सवारी ठोक्किँदा ३० जना घाइते, नारायणगढ–मुग्लिन सडक पुनः सञ्चालनमा

spot_img
spot_img

बीरगन्ज,०३ साउन । चितवनको जलविरेस्थित नारायणगढ–मुग्लिन सडकखण्डमा आज बिहान भएको सवारी दुर्घटनामा ३० जना यात्रु घाइते भएका छन्। दुईवटा यात्रुवाहक बस र एउटा ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको हो।

प्रहरीका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बसले अगाडि गुडिरहेको ट्रकलाई उछिन्ने क्रममा विपरीत दिशाबाट आइरहेको अर्को बससँग ठोक्किएपछि दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइतेमध्ये २१ जनाको चितवन मेडिकल कलेज र ९ जनाको पुरानो मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको छ।

दुर्घटनापछि केही समय नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको थियो। प्रहरीले दुर्घटनाग्रस्त सवारी हटाएर सडक खुलाएपछि यातायात सेवा पुनः सञ्चालनमा आएको छ भने रोकिएका सवारीसाधनहरू गन्तव्यतर्फ प्रस्थान गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय