spot_img

बाढी–डुबान प्रभावित क्षेत्रमा पुगे सांसद सुशील कानु, स्थायी समाधानको प्रतिबद्धता

spot_img
spot_img

बीरगन्ज,०३ साउन । पर्सा निर्वाचन क्षेत्र नं. २ का संघीय सांसद सुशील कानुले वर्षाका कारण बाढी तथा डुबानबाट प्रभावित बीरगन्ज महानगरपालिकाका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गर्दै समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

शनिबार सांसद कानुले बीरगन्ज महानगरपालिका–१७, २४, २५ र २६ अन्तर्गत पर्ने बहुअरी, अलौ, सिर्सिया र सुगौली क्षेत्रमा पुगेर वर्षाको पानीका कारण डुबानमा परेका खेतबारी तथा स्थानीय बासिन्दाले भोगिरहेका समस्याको अवलोकन गरेका हुन्।

निरीक्षणका क्रममा उनले किसान, स्थानीय बासिन्दा तथा जनप्रतिनिधिसँग छलफल गर्दै पानी निकासको दीर्घकालीन व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिए। उनले प्रत्येक वर्ष दोहोरिने डुबानका कारण किसानको खेतीपाती र जनजीवन प्रभावित हुँदै आएको उल्लेख गर्दै यसको स्थायी समाधान आवश्यक रहेको बताए।

सांसद कानुले करिब दुई सय बिगाहा खेतीयोग्य जमिन वर्षेनी डुबानमा पर्ने समस्यालाई दीर्घकालीन रूपमा अन्त्य गर्ने लक्ष्यसहित आफू सक्रिय रहेको उल्लेख गरे। स्थानीयको सुरक्षा, खेतीयोग्य जमिनको संरक्षण र प्रभावकारी निकास व्यवस्थापनका लागि आवश्यक पहललाई तीव्रता दिइने उनको भनाइ थियो।

स्थलगत निरीक्षणमा स्थानीय किसान, जनप्रतिनिधि, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महाधिवेशन प्रतिनिधि सुधीर पटेल, मधेश प्रदेश यातायात विभाग प्रमुख राम आर्य तथा रास्वपा पर्सा क्षेत्र नम्बर २ का उपसभापति किशोर यादव लगायतको उपस्थिति रहेको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय