spot_img

लहानमा रासायनिक मलको पर्याप्त मौज्दात, किसानलाई अभाव नहुने दाबी

spot_img
spot_img

जनकपुर,०३ साउन । लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडले रासायनिक मलको पर्याप्त मौज्दात रहेको जनाएको छ। कम्पनीले किसानलाई आवश्यक मल समयमै उपलब्ध गराउन थप आपूर्तिको प्रक्रिया पनि निरन्तर जारी रहेको जानकारी दिएको छ।

कम्पनीका अनुसार गत आर्थिक वर्षमा १६ हजार ८४० दशमलव ३७५ मेट्रिक टन रासायनिक मल बिक्री गरिएको थियो। हाल कम्पनीसँग ५५ दशमलव ६०० मेट्रिक टन युरिया, २१९ दशमलव ६५० मेट्रिक टन डीएपी, ८६ दशमलव ६५० मेट्रिक टन पोटास तथा ७८ दशमलव ७७५ मेट्रिक टन कृषि चुन मौज्दात रहेको छ।

कार्यालय प्रमुख चेवन खड्काले मलको आपूर्ति प्रणालीलाई नियमित र व्यवस्थित बनाइएको बताउँदै किसानले आवश्यक समयमा रासायनिक मल तथा अन्य कृषि सामग्रीको अभाव व्यहोर्नु नपर्ने दाबी गरे।

उनले कृषि उत्पादन वृद्धि गर्ने सरकारको लक्ष्यलाई सहयोग पुर्‍याउने उद्देश्यले मलको आपूर्ति निरन्तर भइरहेको र आवश्यकता अनुसार थप मल पनि ल्याइने जानकारी दिए। किसानलाई सहज रूपमा मल उपलब्ध गराउने व्यवस्था मिलाइएको उनको भनाइ छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय