spot_img

वर्तमान सरकार हत्याहिंसा, तोडफोड र आगजनीको आधारमा बनेको ओलीको आरोप

spot_img
spot_img

काठमाडौँ,०३ असार । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार हत्याहिंसा, तोडफोड, कब्जा र आगजनीको आधारमा बनेको आरोप लगाएका छन्।

आइतबार पार्टीको संसदीय मामिला विभागले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले लोकतान्त्रिक व्यवस्थामा सरकार परिवर्तनका लागि संवैधानिक र कानुनी प्रक्रिया हुने भए पनि वर्तमान सरकार त्यसअनुसार नबनेको दाबी गरे।

उनले भने, ‘लोकतन्त्रमा सरकार परिवर्तन गर्ने कानुनी र संवैधानिक बाटा हुन्छन्। तर अहिलेको सरकार हत्याहिंसा, तोडफोड, कब्जा र आगजनीको आधारबाट बनेको हो।’

अध्यक्ष ओलीले मुलुकको राजनीति अहिले दिशाविहीन, विधिहीन र थितिविहीन अवस्थामा पुगेको टिप्पणी गर्दै लोकतान्त्रिक मूल्य–मान्यता कमजोर बन्दै गएको आरोप लगाए।

उनका अनुसार गत भदौ २३ र २४ पछि नेपालको राजनीतिक घटनाक्रमले स्पष्ट दिशा गुमाएको छ। राजनीतिक स्थायित्व, विधिको शासन र लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन सबै राजनीतिक दल जिम्मेवार बन्नुपर्ने उनले बताए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय