काठमाडाैं,०३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले काभ्रेपलाञ्चोकको धुलिखेल–११ स्थित दुषित थानी हिमालयन रिसोर्टबाट काठमाडौं फर्किएका छन्।
सुरक्षा स्रोतका अनुसार लामिछाने पत्नी निकितासहित रिसोर्टमा पुगेका थिए भने अर्थमन्त्री वाग्ले छुट्टै पुगेका थिए। उनीहरू केहीबेरअघि रिसोर्टबाट निस्किएर काठमाडौंतर्फ प्रस्थान गरेका हुन्।
जानकारीअनुसार अर्थमन्त्री वाग्ले शनिबार दिउँसो करिब ३ बजे रिसोर्ट पुगेका थिए भने त्यसको करिब २० मिनेटपछि सभापति लामिछाने पत्नी निकितासहित त्यहाँ पुगेका थिए। उनीहरू वाग्लेकै लगानी रहेको निजी भिल्लामा बसेका थिए।
पछिल्ला दिनमा सरकार र रास्वपाबीचको सम्बन्ध तथा पार्टीभित्रको राजनीतिक समन्वयबारे विभिन्न चर्चा भइरहेका बेला शीर्ष दुई नेताबीच भएको यो भेटलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। यद्यपि उनीहरूबीच भएको भेटवार्ताको एजेन्डाबारे भने कुनै औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।




