spot_img

युक्रेनको किभमा रुसको भीषण मिसाइल र ड्रोन आक्रमण हुँदा एकको मृत्यु, १४ जना घाइते

spot_img
spot_img

काठमाडौं,०३ साउन । रुसले युक्रेनको राजधानी किभमा युद्ध सुरु भएयताकै सबैभन्दा ठूलोमध्ये एक मिसाइल तथा ड्रोन आक्रमण गरेको छ। शनिबार रातभर गरिएको आक्रमणमा हालसम्म एक जनाको मृत्यु भएको छ भने कम्तीमा १४ जना घाइते भएका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसलाई किभमाथिको युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमध्ये एक भएको बताएका छन्।

युक्रेनी सेनाका अनुसार रुसले ४१ वटा क्षेप्यास्त्र प्रहार गरेको थियो, जसमध्ये १८ वटा अवरोध गरिएको दाबी गरिएको छ। साथै आक्रमणमा प्रयोग गरिएका १२५ वटा ड्रोनमध्ये १०८ वटा पनि खसालिएको युक्रेनी पक्षको भनाइ छ।

युक्रेनी वायुसेनाले आक्रमणमा इस्कान्देर र हाइपरसोनिक जिर्कोन क्षेप्यास्त्रसहित विभिन्न आधुनिक रूसी हतियार प्रणाली प्रयोग गरिएको जनाएको छ।

किभका मेयर भिताली क्लिच्कोका अनुसार आक्रमणबाट आवासीय भवन, सुपरमार्केट, छात्रावासलगायत विभिन्न संरचनामा क्षति पुगेको छ। विस्फोटपछि लागेका आगो निभाउन दमकलकर्मीहरू दुईवटा गोदाम क्षेत्रमा खटिएका छन्।

राष्ट्रपति जेलेन्स्कीले टेलिग्राममार्फत सार्वजनिक गरेको विवरणअनुसार रुसले पछिल्लो एक सातामै युक्रेनमाथि करिब १,४५० आक्रमणकारी ड्रोन, १,६४० भन्दा बढी निर्देशित बम र ९९ वटा विभिन्न प्रकारका क्षेप्यास्त्र प्रहार गरेको छ।

युक्रेनले रुसको सबैभन्दा ठूलो अनलाइन खुद्रा कम्पनी वाइल्डबेरीजका दुई गोदाममा ड्रोन आक्रमण गरेपछि त्यसको जवाफस्वरूप रुसले आइतबार किभमा व्यापक हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय