spot_img

इन्जिनियर्स डेका अवसरमा वीरगञ्जमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगञ्ज, ३ साउन – ६४औँ इन्जिनियर्स डेका अवसरमा नेपाल इन्जिनियर्स एशोसिएसन (एनईए), वीरगञ्ज केन्द्रको आयोजनामा तथा नेशनल मेडिकल कलेज, वीरगञ्जको क्लिनिकल सहयोगमा बिट इन्जिनियरिङ कलेज, वीरगञ्ज–१४, पर्सामा ‘मानसिक स्वास्थ्य’ विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता नेपाल इन्जिनियर्स एशोसिएसन, वीरगञ्ज केन्द्रका अध्यक्ष ई. प्रियांशु कुमार गुप्ताले गरेका थिए। एशोसिएसनका कोषाध्यक्ष ई. इकबाल हुसेनको समन्वयमा आयोजित कार्यक्रममा इन्जिनियरिङका विद्यार्थी, प्राध्यापक, पेशाकर्मी तथा एशोसिएसनका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा नेशनल मेडिकल कलेज, वीरगञ्जका क्लिनिकल साइकोलोजिस्ट सन्देश सावन्तले मानसिक स्वास्थ्यको महत्व, तनाव व्यवस्थापन, भावनात्मक सन्तुलन, कार्य–जीवन सन्तुलन, मानसिक लचकता तथा आवश्यक पर्दा समयमै मनोवैज्ञानिक परामर्श लिनुपर्ने विषयमा प्रस्तुति दिएका थिए। प्रस्तुतीकरणसँगै सहभागीहरूसँग अन्तरक्रियात्मक छलफलसमेत गरिएको थियो।

सहभागीहरूले मानसिक स्वास्थ्यसम्बन्धी विभिन्न जिज्ञासा राख्दै व्यक्तिगत तथा व्यावसायिक जीवनमा मानसिक स्वास्थ्यको महत्वबारे उपयोगी जानकारी हासिल गरेका थिए।

नेशनल मेडिकल कलेज, वीरगञ्जले स्वास्थ्य प्रवर्द्धन तथा समुदायमुखी कार्यक्रममार्फत मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्दै सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै आएको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय