spot_img

१६ वर्षपछि स्पेन विश्वविजेता, अर्जेन्टिनालाई हराउँदै दोस्रो पटक फिफा विश्वकपको उपाधि

spot_img
spot_img

काठमाडौं,०४ साउन । युरोपेली च्याम्पियन स्पेनले साविक विजेता अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। यससँगै स्पेनले १६ वर्षपछि पुनः विश्वकप ट्रफी उचाल्दै आफ्नो दोस्रो विश्वकप उपाधि सुनिश्चित गरेको हो। यसअघि स्पेनले सन् २०१० मा पहिलो पटक विश्वकप जितेको थियो।

अमेरिकाको न्युजर्सीस्थित फाइनलमा निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। रोमाञ्चक प्रतिस्पर्धाको १०६औँ मिनेटमा फेर्रान टोरेजले निर्णायक गोल गर्दै स्पेनलाई अग्रता दिलाए। त्यसपछि अर्जेन्टिनाले बराबरीको प्रयास गरे पनि सफल हुन सकेन र स्पेन १–० को जितसहित नयाँ विश्वविजेता बन्यो।

अर्जेन्टिनालाई खेलको अन्त्यतिर ठूलो धक्का लागेको थियो। मिडफिल्डर एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित बनेको थियो। संख्यात्मक लाभको सदुपयोग गर्दै स्पेनले निर्णायक गोल निकाल्न सफल भयो।

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै फाइनल पुगेको थियो भने स्पेनले फ्रान्सलाई २–० ले हराएर उपाधि भिडन्तमा स्थान बनाएको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय